मगर संसारले मानव सेवा आश्रममा ५० जना भन्दा बढिलाई भोजन


चितवनमा रहेको मानव सेवा आश्रममा मगर संसार द्वारा
५० जना भन्दा बढिलाई भोजन गराएको छ ।

मगर संसारका सक्रिय सदस्य सल्यान जिल्ला छत्रेस्वरी ५ सिरुवाली निवासी हाल मलेशिया कार्यरत आदरणीय समाजसेवी छोरा प्रेम पुन मगर छोरा र बुहारी ममता ओलि पुन मगरको आमा मन राखी पुन मगर २०८२ बैशाख ३ गते को दिन ७४ वर्षको उमेरमा स्वर्गारोहण भएको र यही मिति २०८२ बैशाख ०९ गतेका दिन पुन्य तिथिको दिन पारी , मगर संसारमा आउने गरीब बिरामी वा कुनै पनि ठाउँमा सहयोग गरिदिनु भनि मगर संसारलाई आर्थिक सहयोग पठाउनु भएको थियो।

र सोही बमोजिम मगर संसारद्वारा आज बैशाख ९ गते मगर संसारका एडमीन सुपज राना मगर ,मेक्सम राना मगर र सदस्य तथा संचारकर्मी मुना लमतरी मगर मानव सेवा आश्रममा पुगी बिहानको भोजन बितरण गरेको अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो ।

गरिव अनाथ तथा बृद्ध आश्रममा रहेका मानिसहरुलाई एक छाक खानाको ब्यवस्थाको लागि छोरा बुहारी लाई बिशेष धन्यवाद साथै ममतामयी आमाको चिर शान्तिको कामना गर्दछौं।

यो सहयोग मगर संसारको २६६ औ रहेको समेत जानकारी दिनु भयो ।

१९ बैशाख २०८२, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको