कमल थापा पक्राउ


जेठ १८, काठमाण्डोँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंस्थित नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले थापालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ।

राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले ‘जनआन्दोलन’ गरिरहेको छ।

१८ जेष्ठ २०८२, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको