पोखराबाट विप्लवको उद्घोष- ‘अबको दशक समाजवाद र नेकपाको दशक हुनेछ’,


बैशाख १८, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अबको दशक नेकपाको दशक हुने दाबी गरेका छन् ।

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा गण्डकी प्रदेशले पोखरामा आयोजित जनसभालाई सम्बोधन गर्दै समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले देशमा चौतर्फी निराश बढिरहेको भन्दै आशाको सञ्चार गराएर उथलपुथलको दशक हुने बताए ।

माओवादी जनयुद्धलाई आतंककारी र लुटपाटको संज्ञा दिने पुरातनवादी शक्तिलाई को अपराधी देखाउने समेत चेतावनी दिए । सरकार प्रति आक्रोसित विप्लवले केपी ओलीको उखान टुक्काले देशले समाधान नपाउने भन्दै यसको लागि वृहत् समाजवादी मोर्चा र ईमानदार क्रान्तिकारी एवम् प्रगतिशील शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्राप्त गणतन्त्रको उपलब्धिलाई बदनाम र गलत सावित गराउने विभिन्न शक्ति समुहहरु रातदिन षड्यन्त्र गरेको बताउदै विप्लवले पुरानो भुतप्रेत फर्काउने सपना नदेख्ने समेत चेतावनी दिए । अग्रगामी आन्दोलन मार्फत देशलाई नयाँ ढंगको निकास दिने बताउदै विप्लवले राजनीतिक समीकरण फेरबदल मार्फत क्रान्तिकारी उथलपुथल हुने बताए ।

एमाले पार्टी प्रति लक्षित गर्दै विप्लवले पार्टी सदस्यता गनेर नबस्न चेतावनी दिदै नयाँ ढंगको कदम चाल्न अपिल समेत गरेका थिए ।

कार्यक्रममा स्थायी समिति सदस्य उमा भुजेलले गण्डकी प्रदेशलाई उथलपुथलको केन्द्र बनाउने दाबी समेत गरिन् ।

१८ बैशाख २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको