एनएसएलमा धनगढीको विजयी सुरुवात


अहमद हिजाजीको दुई गोल सहयोगमा धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै एनएसएलमा पहिलो जित दर्ता गरेको हो। पहिलो हाफको पाचौँ मिनेटमा अमिद हिजाजीको गोलमा धनगढीले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ३० औँ मिनेटमा केन्टा हाराको गोलमा बुटवल खेलमा फर्किएको थियो। खेलको इन्ज्युरी समयमा हिजाजीको व्यक्तिगत दोस्रो गोलमा धनगढीले ३-१ को अग्रता बनायो। इन्ज्युरी समयमा हिजाजीले दोस्रो बार च्याप्दै गरेको उत्कृष्ट प्रहारले पोष्टको जाली चुमेको थियो।

इन्ज्युरी समयको छैटौँ मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलमा धनगढीले ४–१ को जित दर्ता गर्‍यो। लिगमा बुधबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्नेछन्। खेल साँझ ६ बजे सुरु हुनेछ।

१८ चैत्र २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको