जेठ १८, दाङ । पश्चिम दाङको कुमलगडीमा अटोले मोटरसाइकललाई ठक्कर दिदा बबइका दुई युवाको मृत्यु भएको छ । अटो चालक घाइते छन् ।
दुर्घटनामा परि मोटरसाइकल चालक बबई गाउँपालिका– ४ का ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय सागर केसीको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।
केसीको गएराति ९ बजेतिर र भण्डारीको राति पौने ११ बजेतिर बाँकेको नेपालगञ्जस्थित नर्सिङ कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलले बताए ।
अटो चालक शान्तिनगर– ७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा घाइते भएका भएका छन् । उनको छाती र टाउकोमा चोट छ । उनको बाँकेमा उपचार जारी छ ।
बिहीबार दिउँसो करिब ४ बजेतिर तुलसीपुरबाट पश्चित तर्फ जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल र बिपरित दिशाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो तुलसीपुर– २ कुमलगडीमा आपसमा ठोक्किएका थिए । तीब्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस