रोल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जग्गा दलाल तथा बिचौलियाहरुलाई खबरदारी गरेको छ । २७ बर्ष देखि नेकपा रोल्पाले भोगचलन गर्दै आएको विवादित जग्गालाई बिचौलियाहरुले विवाद समाधान भएको भन्दै अपचलन गर्न खोजेपछि नेकपा रोल्पाको ध्यानाकर्षण भएको जनाएको छ ।
रोल्पाको त्रिबेणी गाउँपालिका ६ स्थिति हरिभक्त खड्का र बलजित पुन बिचको जग्गा विवाद भएपछी बिगत २७ वर्ष देखि रोल्पा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको जग्गालाई केहि बिचौलियाहरुले मुद्दा मिलिसकेको भनेपछि नेकपा रोल्पाले बिज्ञप्ति मार्फत दायाँ-बाँया नगर्न चेतावनी दिएको छ ।
त्रिबेणी ६ मुजुवामा गाउँमा रहेको हरिभक्त खड्काको बिबादित जग्गामा झण्डा गाड्दै पूर्णरुपले नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको जनाएको छ । उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टीको अनुमति बिना आफ्नो मनोमानी ढंगले दायाँ-बायाँ गर्ने कोहि कसैले दुस्साहस गरेको खण्डमा नेपाल कम्युनिस्ट पार्टीले कडा प्रतिबाद गर्ने चेतावनी समेत दिएको छ । २७ वर्षसम्म नेपाल कम्युनिस्ट पार्टी रोल्पाले भोगचलन गरेको आधारमा जग्गाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीकै हक रहेको दावी समेत गरिएको छ ।
उक्त जग्गामा नेपाल कम्युनिस्ट पार्टी रोल्पाले सामुहिक खेति गर्दै आएको जनाएको छ ।
हेर्नुहोस प्रेस बिज्ञप्ति:
प्रतिक्रिया दिनुहोस