प्रथम मगर संसार भलिबलको उपाधि बागलुङ समाज थेगु शाखा कोरियाको हातमा परेको छ ।
अनलाईन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप/पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ । कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो ।
यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख कोरियन वोन सहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए । संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।
मगर संसार राहतकोष सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो पटक प्रतियोगिता आयोजना गरिएको र कोरियाको भलिबल इतिहासमा पहिलोपल्ट यति धेरै सहभागी, पुरस्कार राशि पनि धेरै र इन्ट्री फी कम रहेको अध्यक्ष लामिछाने मगरले जिकिर गरे । उनले सामाजिक क्षेत्रसँगै रोजगारीका शिलशिलामा कोरियामा रहेका नेपालीहरुमा एकता गर्न प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस