मगर संसार द्वारा ५१ औ online महिला भलिबल खेलाडी फोटो प्रतियोगिता २०८० को उपाधि चम्किलो तारा युबा क्लब भुजीखोला मोराङ बाग्लूङले हात पारेको छ।
फेसबुक ग्रूप मगर संसार द्वारा यही माघ ३ गते देखी मगर समुदायको महान राष्ट्रीय पर्व माघे सकरातीको अवसर पारी सुरु गरेको प्रतियोगितामा माघ १३ गते सम्म संचालन ग़री विभिन्न चरणमा गरी सम्पन्न गरेको हो।
राष्ट्रीय खेल भलिबलको सम्मान स्वरुप र खेलाडीको हौसलाको लागि आयोजना गरेको यस महिला भलिबल खेलाडी फोटो प्रतियोगितामा बिश्व भरी बाट २४ टीमको सहभागी रहेको थियो।
फील्डमा जस्तै गरी रमाइलो पारामा सम्पन्न गरेको उक्त प्रतियोगितामा गोलाप्रथा द्वारा टाइसित निकाली online मार्फत सम्पन्न गरेको हो।
सेमीफाइनलमा कडा प्रतिस्पर्धाका साथ न्यू सनराइज युबा क्लब छत्रकोट 3 नरम गुल्मीलाई हराउदै श्री सृजना समाजसेवी युबा क्लब कालीगण्डकी 2 भएकोत गुल्मी फाइनल प्रबेश गरेका थियो भने र चम्किलो तारा युबा क्लब भुजीखोला बागलूङ बाई मार्फत फाइनल पुगेको थियो।
फाइनल खेल श्री सृजना समाजसेवी युबा क्लब र चम्किलो तारा युबा क्लब बीच निकै प्रतिस्पर्धा बीच सृजना गुल्मी लाई हराउदै भुजीखोला बागलूङले जीत हासिल गरेको थियो।
पोस्टमा आएको पोस्ट रिचको आधारमा नम्बर काउंट गरी बिजेता घोषणा गरेको थियो।
प्रथम बिजेता बनेका भुजीखोला बागलूङको एक दिनको पोस्ट रिच ९,७५,०६७ आएको थियो भने कालीगण्डकी २ गुल्मीको ७,२४,२६९ नम्बर आएको थियो।
प्रथम हुनेले रु.६ हजार र दोस्रो हुनेले रु.४ हजार साथमा दुबै टीमले ट्रफी र सम्मान पत्र पाउने खेल संयोजक अनिल लामिछाने मगर ले बताउनु भयो।
प्रतिक्रिया दिनुहोस