नेता आदर्श के गर्दैछन विद्यालयमा ?


जेठ १२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चुडामणि वली ‘आदर्श सी’ यतिखेर गृहजिल्लाका विद्यालयहरुमा पुगिरहेका छन । उनले दोस्रोपटक विभिन्न विद्यालयहरु धाई रहेका हुन ।

केहि समय अघि विद्यालय पुगेका आदर्शले विद्यार्थीहरुसंग अन्तरक्रिया गरेका थिए । जुनबेला उनलाई विद्यालयमा राजनीति गरेको भन्दै, उनका प्रतिद्वन्द्वीहरुले आलोचना पनि गरेका थिए । रोल्पाका गनिएका केहि नेताहरुले समेत विद्यालयमा गएर केटाकेटी पन देखाएको भन्दै उनलाई उडाएका थिए ।

तर त्यस्ता आलोचनाहरुले उनलाई छुँदै छुएँन । बरु थप हौसिए र फेरी दोस्रोपटक विद्यालयमा पुगेर शिक्षक कर्मचारीसगं अन्तरक्रिया गरिरहेका छन् ।

अक्सर, विद्यालयमा उनले राजनीतिक कुरा भन्दा शैक्षिक कुरामा बढी गफिन्छन । उनलाई सुन्नेहरु भन्ने गर्छन, ‘विद्यालयका विद्यार्थी र शिक्षकसंग राजनीतिक बिचार प्रबाहगर्नुको साटो शैक्षिक समस्याको विषयमा बढी चासो देखाएका छन, अनुसासनका कुरा सिकाएका छन, सुशासनका कुरा पढाएका छन्, देश भित्रै केहि गर्ने आँट र हौसल्ला बाँडी रहेका छन् ।

उच्च शिक्षा हाँसिल गर्दैगर्दा यो देशमा भबिष्य नदेख्ने विद्यार्थीहरुलाई यहि माटोमा भबिस्य देखाउने चेष्टा गरि रहेका छन्, यहि माटोमै पौरख फलाउने सपना बाँडी रहेका छन् ।

व्यवस्थाका कारण उराठ लाग्दा शिक्षकहरुलाई उर्जाशील बनाउन विद्यार्थीहरुको भविष्य देखाउन हौस्याई रहेका छन् । समाजमा उर्जाशील चेतना भर्न जिम्मेवार बनाई रहेका छन् ।

किनकी एउटा शिक्षक निरास भयो भने सिंगो समाज निरास हुन्छ भन्ने कुरा उनले बुझेका छन ।

समाज बिकाशको भरपर्दो आधार शिक्षा हो भन्दै शिक्षकलाई उत्साहित बनाउन विद्यालयको प्राङ्गणमा पुग्ने गरेका छन । उमेरले झन्डै ६० कट्न थालेका उनको शरीरमा थकान फिटिक्कै छैन, उनको मानसपटलमा हीनताबोध रत्तिभर छैन । केवल छ त देश र समाजको चिन्ता ।

उसो त, हारेर पनि जितको उर्जा बोकेर गाउँमा लखर-लखर हिड्दा, हराउनेहरुकै शिर झुकिरहेको भान हुन्छ । सायद आफु हारेकोमा हीनताबोध हुन्थ्यो भने उनको पाइलाले पटकपटक विद्यालयको आगन कुल्चिदैन्थ्यो । ऊ कुनै कुनामा थुप्रिएको हुन्थ्यो, हारेको पिडामा धारेहात लगाएर सत्तोसराप गरिरहेको हुन्थ्यो ।

भन्नुको मतलब, उनि गएको स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा हार बेहोरेका नेता हुन् । तर हारेकोमा कुनै अपसोंच छैन । अहं…! उसलाई हारेकोमा कुनै दुबिदा छदैं-छैन, किनकी रातपछी उज्यालो आउछ, हारपछी जित अबस्य आउछ, यो बिज्ञान सम्बत कुरा हो ।

यहाँ मानिसहरु सोचिरहेका होलान । आदर्शले विद्यालयमा के गर्दैछ ? स्मरणीयहोस… यतिखेर उसले हार्नुको कारण खोजिरहेको छ, जित खोजिरहेको छ । यसरि कारण खोज्नेहरु एकदिन अबस्य सफल हुनेछन ।

१३ जेष्ठ २०८१, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको