नेकपाको ५ दिने एकीकृत स्कुलिङ सुरु


नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश राप्ती क्षेत्र स्तरीय माध्यामिक तह स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ ! उक्त स्कुलिङलाई ‘एकीकृत स्कुलिङ’ भनिएको छ । 

एकीकृत जनक्रान्तिको स्कुलिङ दाङको दंगीशरण गाउँपालिका स्थित चखौराको थारु संग्रालयमा नेकपाका स्थायी समिति सदस्य भरत सीद्वारा दिप जलन गर्दै उद्घाटन भएको छ।

लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरु रोल्पा, प्युठान र दाङका नेता तथा कार्यकर्ताहरुको लागि ५ दिने माध्यमिक तह स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ ।   माध्यामिक तहको स्कुलिङमा गाउँपालिकाबाट छनौटगरि ३ जना सम्मका कार्यकर्ताहरु उपस्थिति रहेको छ ।   स्कुलिङमा जिल्ला सदस्य सम्मका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन ।    यसरि सबै ५० जनाको संख्यामा प्रशिक्षार्थीहरुलाई उपस्थित बनाईएको छ  ।

स्कुलिङमा ४ वटा विषय अध्ययन हुनेछन । जस अन्तर्गत समाज विज्ञान तर्फ असल सी, बैज्ञानिक समाजबाद बारे तिर्थ सी, भौतिक विज्ञान तर्फ प्रयास सी र राजनीतिक अर्थशास्त्र बारे भेषराज भुषालले स्कुलिङमा अध्ययन गराउने छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरत सीले पार्टी एकता बारे नेकपाको धारणा व्यक्त गर्नु भएको थियो, भरत सीले नेता र पार्टीको बिचलनलाई सुनिश्चितता र बैधानिकता दिनका लागि एकता नभई समाजबादका लागि एकता हुने बताएका छन् ! उनले एक अर्को प्रशंगमा भने, ‘१९औं र २०औँ सताब्दीको चुनाव सम्बन्धिको बुझाईले नभएर चुनावलाई संघर्षको मोर्चाको रुपमा बुझ्नु पर्नेमा जोड दिनु भयो  ।

स्कुलिङको उद्घाटनलाई नेकपा पोलिटब्युरो सदस्य सविन सीले संचालन गर्नु भएको छ भने उक्त समारोहको अध्यक्ष नेकपा पोलिटब्यूरो सदस्य आदर्श सीले गर्नु भएको थियो  ।   त्यसैगरि स्वागत मन्तब्य नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सीले दिनुभएको थियो  ।   शुभकामना मन्तव्य नेकपा केन्द्रीय सदस्य सुसिल सीले दिनु भएको थियो  ।

स्कुलिङका प्रमुख प्रशिक्षक भेष राज भुषालले  ५ दिने स्कुलिङको समय तालिका र आचारसंहिता बारे प्रस्ट्याउनु भएको थियो  ।   स्कुलिङ २ बजे देखि सुरु हुने भएको छ  ।

९ भाद्र २०८१, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको