जेठ १२, काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक प्रशिक्षण शनिवार सम्पन्न भएको छ । प्रशिक्षण लगतै नेकपा गंगादेव गाउँकमिटिको आवधिक योजनाको प्रथम बैठक पनि सम्पन्न भएको छ ।
राजनीतिक प्रशिक्षण कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य चुडामणि वली ‘आदर्श सी’को प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सी, अन्य अतिथिहरु केन्द्रिय सदस्य आक्रोस सी, जिल्ला सेक्रेटरी तथा केन्दीय प्रतिनिधि सदस्य सन्दिप सी, जिल्ला कमिटि सदस्य तथा परिवर्तन गाउँपालिका इन्चार्ज पृथ्वी सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
नेकपा जिल्ला कमिटि सदस्य किरण सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई जिल्ला कमिटि सदस्य डिल्ली रमण वलीले संचालन गरेका गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीले रोल्पा जिल्लामा गाउँपालिका हुँदै वडास्तरसम्म राजनीतिक प्रशिक्षण तथा भेलाहरु गर्दै आएको छ । बैठकले संगठन निर्माणलाई बिशेष जोड दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस