प्राधिकरणको लापरबाहीले रोल्पामा बृद्ध महिलाको करेन्टद्वारा मृत्यु


पुस १०, रोल्पा । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र रोल्पाको लापरबाहीका कारण एक बृद्ध महिलाको करेन्टद्वारा मृत्यु भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी गंगादेवले ध्यानाकर्षण गराएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका ३, नाउलीकि उमी डाँगीको पुस ६ गते शनिवार घाँस काट्ने क्रममा लत्रिएको बिजुलीको तारद्वारा करेन्ट लागि मृत्यु भएको थियो। उक्त घटना वितरण केन्द्र रोल्पाको अव्यवस्थित बिधुत बिस्तारका कारण भएको नेकपाको ठम्याई रहेको छ ।

बिजुलीको करेन्टबाट मृत्यु भएकी उमी डाँगीको परिवारलाई क्षेतिपूर्ति स्वरूप राहात उपलब्ध गराउन भन्दै नेकपा गंगादेव गाउँसमिति इन्चार्ज तथा केन्द्रिय सदस्य आक्रोस सी र नेकपा वैकल्पिक केन्द्रिय सदस्य अपिल सीले नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख श्री शम्भु प्रसाद मण्डललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन ।

गंगादेव गाउँपालिकामा बिस्तार भएका बिजुलीका तारहरु लत्रिएर रुखहरुमा छोइएका कारण विधुत प्रसारणमा अबरुद्ध हुने र करेन्ट प्रबाहभई जोखिमपूर्ण रहेको जनगुनासो रहेको छ । यस्ता समस्याहरुलाई लिएर बिधुत प्राधिकरण रोल्पालाई पटकपटक समस्या बताउदा समेत बेवास्ता गरिरहेको स्थानीयहरुको आरोप छ ।

नेकपा गंगादेवको ध्यानाकर्षण पत्र

९ पुष २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको