मगर संसार द्वारा देवदह ५ रूपन्देहीका बिरामीलाई रु.५३,२८०/- रुपिया आर्थिक सहयोग हस्तान्तरण गरेको छ मगर संसारद्वारा २२४ औ सहयोग सम्पन्न हो ।
सामाजिक कार्यमा सक्रिय रहेको online ग्रुप मगर संसार फोटो ग्यालरीले देवदह -५ खैरेनी रूपन्देही निवासी कुल बहादुर थापा मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
खुट्टामा इन्फेक्सन भएर गम्भीर समस्या आएपछि हाल देवदह मेडिकल कलेज भलुहीमा उपचाररत थापालाई उपचारको लागि रु.५३ हजार २८० रुपैयाँ रकम हस्तान्तरण गरिएको हो।
सहयोग रकम देवदहका सामाजिक व्यक्तित्वहरु भविन्द्र थापा मगर, शोभा कुमारी थापा, किशन बहादुर थापा, मिलन मास्की राना र मगर संसार ग्रुपका एडमिनहरु जस्मिन मगर र सागर झेडीमगरको उपस्थितिमा मगर संसार फोटो ग्यालरी द्वारा सहयोग रकम हस्तांतरण गरेको हो ।
सहयोग रकम कोरिया,नेपाल, दुबई लगायतमा रहनुहुने नेपाली दाजुभाइ दिदिबहिनीले सहयोग गरेको अध्यक्ष /सहयोग अभियंता अनिल द्वारा जानकारी दिनु भयो।
अनुरोधक:- online मगर संसार फोटो ग्यालरी
प्रतिक्रिया दिनुहोस