मगर संसारको पहलमा रोल्पाका बिरामी नगेन्द्र पुनलाई रु ५,६९,५७७/- रुपैया सहयोग  हस्तान्तरण


मगर संसार द्वारा २१८ औ सहयोग हस्तांतरण सम्पन्न गरेको छ ।

रोल्पा नगरपालिका ९ गुम्थाल रोल्पा निवासी दुबै मृगौला पीडित आर्थिक अवस्था कमजोर नगेन्द्र पुनमगरलाई मगर संसार को पहलमा संकलित सहयोग रकम रु.५,६९,५७७/- रुपिया हस्तांतरण गरियो।
मगर संसारका एड्मिन रामबाबू मगर,रन्जु थापामगर  र मेक्सन रानामगरद्वारा ktm मा उपचार्थ बिरामीलाई मित्रनगर-२६ गोंगबु काठमाडौंमा आर्थिक  सहयोग हस्तान्तरण गरेको जानकारी गराउदछौ।

अभियानमा साथ दिनुहुने सम्पुर्ण admin प्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण सहयोगी मनहरुमा कृतज्ञता प्रकट गर्दछौ।
मगर संसार फोटो ग्यालरी ग्रुपबाट सहयोग अभियान अपिल देखेर थप उपचारको लागि आर्थिक सहयोग गर्नुहुने २३६ जना सहयोगी दाताहरु प्रति उच्च सम्मान छ

जम्मा रु :५,६९,५७७/-पाँच लाख उनान्सत्तरी हजार पाँच  सय सत्तहत्तर रुपैया सहयोग  हस्तान्तरण !

        अध्यक्ष #अनिल_लामिछाने_मगर
       #मगर_संसार_फोटो_ग्यालरी एड्मिन परिवार

८ भाद्र २०८१, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको