असार ८, दाङ । राप्ती राजमार्ग अन्तर्गत अमिलिया तुलसीपुर सडक खण्ड दुई दिन बन्द हुने भएको छ ।
भन्ज्याङदेखि बबईसम्मको सडकमा कालोपत्रे गर्ने भएकाले असार ८ गते बिहान १० बजेदेखि असार १० गतेसम्मका लागि अमिलिया तुलसीपुर सडक खण्ड पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालय दाङले प्राविधिक राय सहित पत्र पठाएपछि जिल्ला प्रशासन कार्यालय दाङले यस्तो सूचना जारी गरेको हो । दुई दिन उक्त सडकमा सबै प्रकारका सवारी आवागमनमा पूर्णरुपमा रोक लगाइने भएको छ ।
यसैबीच सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरु प्रसाद तिवारीले वैकल्पिक मार्गका रुपमा घोराही लमही सडक खण्ड प्रयोग गर्न आग्रह गरेका छन् ।
हेर्नुस सुचना
प्रतिक्रिया दिनुहोस