नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा रोल्पा गंगादेव गाउँपालिकामा सर्बपक्षीय अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ । यहि फागुन ७ गते चौतारामा वर्तमान राजनीतिक संकट र नेपाली विशेषताको समाजबाद बिषयमा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय कर्मचारी, शिक्षक बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियामा उपस्थित दल तथा शिक्षक कर्मचारीहरुले वर्तमान राजनीतिक संकट र नेपाली विशेषताको समाजबाद बारे आ-आफ्नो धारणा राखेका थिए । विशेषगरी गंगादेवको राजनीतिक दलहरुको आपसी द्वन्द्व बिषयमा केन्द्रिय रहेर धारणाहरु व्यक्त भएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा सेती महाकाली ब्युरो इन्चार्ज तथा पोलिटब्युरो सदस्य भगतसिङ सीको उपस्थिति रहेको थियो भने अन्य अतिथिहरु नेकपा केन्द्रिय सदस्य सुन्दर सी, केन्द्रिय सदस्य तथा पश्चिम रोल्पा इन्चार्ज असिना सी, केन्द्रीय प्रतिनिधि सदस्य बिश्व सी, केन्द्रीय प्रतिनिधि तथा पश्चिम रोल्पा सेक्रेटरी सन्दिप सी, नेपाली कांग्रेस गंगादेव गाउँसचिव भिम बहादुर वली, नेकपा एमाले जिल्ला कमिटि सदस्य पल बहादुर विक, नेकपा माओबादी केन्द्र गाउँकमिटी सदस्य तथा पत्रकार टेकम वली, राप्रपा प्रतिनिधि सेते वली लगायत गाउँपालिका कर्मचारी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको सभापति नेकपा गंगादेव गाउँपालिका इन्चार्ज किरण सी रहेका थिए भने कार्यक्रमलाई नेकपा गंगादेव गाउँसमिति सेक्रेटरी जय प्रकास घर्तिले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस