साउन ३, दाङ । घोराही उपमहानगरपालिकाले गतआर्थिक बर्ष २०८०/०८१ मा ३४ करोडबढि राजश्व संकलन गरेको छ ।
एक बर्षमा ३६ करोड राजश्व संकलनगर्ने लक्ष्य राखेको उपमहानगरपालिकाले ३४ करोड ६८ करोड मात्र राजश्व संकलन गरेको हो ।
व्यवसाय कर,घरबहाल कर, मालपोत तथा सम्पत्ती कर लगायत १९ वडा सहित २० वटै राजश्व काउन्टरबाट लक्ष्यभन्दा बढि १९ करोड ८३ लाख राजश्व संकलन भएपनि मालपोतबाट प्राप्त हुने घरजग्गा रजिष्टेशनबाट १६ करोड ५० लाख उठाउने लक्ष्य राखेकोमा १४ करोड ८५ मात्र प्राप्त भएकाले लक्ष्यअनुसारको राजश्व संकलन हुनन सकेको बजेट तथा राजश्व शाखा प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो ।
राजश्व संकलनमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तथा आर्थिक ऐनको वारेमा जानकारी दिन विहिबार आयोजित अभिमुखीकरण कार्यक्रममा सवै भन्दा बढि नगरको राजश्व काउन्टरबाट ८ करोड ४१ लाख ६४ हजार तीन सय चार रुपैयाँ ९१ पैसा, वडा नम्वर १५ बाट ३ करोड ४१ लाख ७८ हजार दुई सय ७८ पैसा र सवै भन्दा कम १९ नम्वर वडाबाट २ लाख १५ हजार ८७ रुपैया ३९ पैसा राजश्व संकलन भएको जानकारी दिइएको थियो । उप मेयर हुमाकुमारी डिसीको अध्यक्षतामा भएको कार्यक्रममा राजश्व शाखा प्रमुख कृष्ण केसीले नगरपालिकाको आन्तरिक आयबृद्धिका लागि यस आर्थिक बर्षमा करको दायर तथा राजश्वको दरमा परिमार्जन गरिएको जानकारी दिनुभयो ।
गतआ.व.२०७४र०७५ पछि नगरपालिकाले मालपोत,सम्पत्ती तथा व्यवसाय करमा बृद्धि नगरेको भन्दै उहाँले जिल्लाका अन्यपालिकाको करको दरभन्दा बढि नहुने गरी दररेटमा परिमार्जन गरिएको जानकारी दिनुभयो । उहाँले घर निर्माण गर्दा नक्सापास अनिवार्य गरिएको भएपनि कतिपयले नक्सा पास विनै घर निर्माण गरिरहेकाले त्यस्ता घर अभिलेखीकरणका लागि छ गुणाबढि राजश्व लिने व्यवस्था गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ऋषीराम केसीले नगरपालिकालाई आर्थिक रुपमा सशक्त बनाउन आन्तरिक श्रोत प्रमुख रहेकाले सवैलाई करको दायरामा ल्याउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । चालु आ.व.देखी सडकबत्तीको महशुल नगरपालिकाले नलिने भन्दै उहाँले बिद्युत प्राधिकरणको समन्वयमा सम्वन्धित टोलले सडकबत्तीको व्यवस्थापन गर्ने बताउनुभयो ।
कार्यक्रममा राजश्व शाखाका अधिकृत छैटौ कुमार खड्काले राजश्व संकलनको बर्तमान अवस्था र आगामी योजनाका वारेमा जानकारी दिनुभएको थियो । उहाँले मालपोत,सम्पत्ती तथा व्यवसाय कर असोजसम्म बुझाउनेलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको र पौष मसान्तसम्म गत बर्षको मालपोत,व्यवसाय तथा सम्पत्ती करमा जरिवाना छुट दिइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस