नेपाल मगर संघ शाखा युएई, दुबई क्षेत्रीय समितिले “२५ औं अरुण थापा मगर स्मृति दिवस तथा साँस्कृतिक कार्यक्रम-२०२४” मनाउने


हरेक वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाल मगर संघ शाखा युएई, दुबई क्षेत्रीय समितिले अरुण स्मृती दिवस मनाउने भएको छ ।

“२५ औं अरुण थापा मगर स्मृति दिवस तथा साँस्कृतिक कार्यक्रम-२०२४” नेपाल देखि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष चर्चित लोक दोहोरी गायिका रिता थापा मगर र चर्चित लोक दोहोरी गायक श्याम राना मगरको गरिमामय उपस्थिति हुनेछ । साथै यस कार्यक्रममा स्थानीय ख्यातिप्राप्त कलाकारहरु लगायत मगर पन्चे बाजाको बेजोड प्रस्तुति रहने आयोजक समितिले बताएको छ ।

क्लब एभरेष्ट, यक एण्ड यति होटेलमा आईतबार २१ जुलाई २०२४ दिनको ठिक ०१:०० बजे देखि कार्यक्रम हुने कुरा दुबई क्षेत्रीय समितिका अध्यक्ष श्री नरजित राना मगरले जानकारी दिनु भएको छ ।

यस कार्यक्रममा युएईलाई कर्मथलो बनाई बस्नु हुने सम्पुर्ण बुवा आमा, दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई सभ्य र भब्यताको साथ कार्यक्रम सफल बनाई दिनु हुन अध्यक्ष रानाले विनम्र अनुरोध गर्नु भएको छ ।

५ असार २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको