गंगादेव गाउँपालिकामा सर्बपक्षिय अन्तरक्रिया हुँदै


फागुन ६, रोल्पा । गंगादेव गाउँपालिकामा सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम हुने भएको छ । उक्त अन्तरक्रिया कार्यक्रम फागुन ७ गते सोमबार गंगादेव २ चौतारामा ठिक १० बजे देखि हुने भएको छ ।

वर्तमान राजनीतिक संकट र नेपाली विशेषताको समाजबाद’ विषयक अन्तरक्रिया कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी गंगादेवको आयोजनामा हुन लागेको हो । अन्तरक्रिया कार्यक्रममा गंगादेवका स्थानीय सरकारका प्रमुख-उपप्रमुख, वडाध्यक्षहरु, गंगादेव भित्रका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारीहरु, बिद्यालयका शिक्षक तथा वि.व्य.स. प्रतिनिधिहरु, बनउपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, बौद्धिक व्यक्ति तथा बुद्धिजीवीहरु र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई पत्रद्वारा आधिकारिक निमन्त्रणा गरिएको नेकपा गंगादेव गाउँसमितिका इन्चार्ज किरणले जानकारी दिएका छन ।

पत्राचार मार्फत निमन्त्रणा गर्न छुटेका व्यक्तिहरु जो कोही देशभक्त समाजसेवीहरु अन्तरक्रिया कार्यक्रममा उपस्थित भईदिनका लागि इन्चार्ज किरणले अपिल समेत गरेका छन ।

अन्तरक्रियामा गंगादेवको समसामयिक बिषयमा समेत छलफल तथा बहस हुने नेकपाले जनाएको छ ।

    

६ फाल्गुन २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको