संसार फोटो ग्यालरी ग्रुप भित्र गरिएको दुबै मृगौला पिडित मौलिक गायक प्रसाद खप्तरी मगर बचाऊ २०८० अभियान बाट संकलित रकम रु.९,५४,७७७/- रूपिया मगर संसार बाट हस्तांतरण गरियो।
मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरको संयोजकत्व संचालन गरेको खप्तरी बचाऊ अभियान बाट संकलित सहयोग रकम एक कार्य्रकम बीच मगर संसारका एडमीनहरु मेक्सम राना मगर ,बाबुराम मगर त्यसै गरि राष्ट्रीय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष रीता थापा मगर,कोषाध्यक्ष जूना श्रीस मगर, सचिब देवी घर्ती मगर,गायिका मुना थापा मगर, गायिका शर्मिला गुरुङ, सर्जक गायक C.P मगर ,गायिका कालिका रोका मगरको उपस्थितिमा पिडित प्रसाद खप्तरीको डेरामै लालीगुलास मीडियाको साथमा आज २०८० चैत ३ गते शनिवार हस्तांतरण गरेको छ।
सहयोग रकम कोरिया,जापान,अमेरिका, रोमानिया, स्पेस ,दुबई,मलेशिया, कतार, साउदी, इंडिया, नेपाल, इलाक,हङकङ ,UK, क्यानाडा,पोर्चुगल लगायतका देश बाट सहयोग उठेको अध्यक्ष अनिल मगर ले जानकारी दिनु भएको छ।
अभियानमा साथ दिनु हुने मगर संसारका सम्पूर्ण एडमिनहरु,सहयोगिहरु,मगर संसारका लाखौ मेम्बरहरु, कोरिया कार्यरत होबिर मगर,गायिका शान्ति श्रीस मगर, बुटवल १९ मिलीजुली टोल,दुर्गा भवानी आमा समुह ओमस्तिया ३ तरकुलाहा रुपनदेही, बुटवल १७ रानीगंजका समुह,देवदह मगर समाज लगायत देश बिदेशबाट टोटल ४०० जति सहयोगीहरुबाट टोटल सहयोग संकलन रु.९,५४,७७७ संकलन भएको थियो।
मगर संसारले आजसम्म १९१ जनालाई सहयोग गरेर सम्पन्न गरेकोछ।
अध्यक्ष/अभियन्ता :- अनिल लामिछाने मगर (देवदह हाल korea)
समस्त :- मगर संसार फोटो ग्यालरी परिवार
प्रतिक्रिया दिनुहोस