मगर संसारले मङ्सिर १ देखी १० बर्ष मुनिका बालबालिकाको सिंगल भेषभूषा फोटो प्रतियोगिता गर्ने
✅ पुरस्कारहरु:
👉प्रथम :- ३ दर्जन कपि + ३ दर्जन पेन + प्रमाण पत्र
👉दोस्रो :- २ दर्जन कपि + २ दर्जन पेन + प्रमाण पत्र
👉तेस्रो :- १ दर्जन कपि + १ दर्जन पेन + प्रमाण पत्र
साथमा मीन मगरको लोककथा ” कजाकस्तान” बुक पाउने।
( पुरस्कार सौजन्य गर्न इच्छुक साथिहरुले एडमिन लाई sms गर्न सक्नु हूनेछ ।)
प्रतियोगिता सुरु: २०८१ मङ्सिर १ गते शनिवार देखी
मगर संसार फोटो ग्यालरी ग्रुप भित्र हुन गईरहेको नियमित ५५ औँ Online प्रतियोगिता अन्तर्गत १० बर्ष मुनिका मगर बालबालिका बीच सिंगल भेषभूषा फोटो प्रतियोगिता २०८१ हुने भएकाले आफ्नो बालबालिकालाई सहभागी गराई प्रतियोगिता सफल बनाई दिनु हुन सम्पूर्ण मगर संसार ग्रुपमा आबद्द मगर लाफाहरूमा हार्दिक अनुरोध गर्दछौं।
प्रतियोगिताको नियमहरु:-
✅१) उमेर १० बर्ष सम्मको भाइबहिनीहरुले सहभागी जनाउन सकिनेछ। तर ११ बर्ष माथिकाले सहभागी जनाउन पाउने छैन।🙏
✅२) फोटो मगर ड्रेसमा सजिएको #सिंगल (एकल) फोटोहुनुपर्ने छ। फोटो हाप वा फूल सबै मान्य हूनेछ।🙏
✅३) बालबालिकाको फोटो घरको अभिभावक वा अरू कसैले अनुमतिमा मगर संसार ग्रुप भित्र गई पोस्ट गर्नुपर्ने छ। पोस्ट गर्दा नाम, ठेगाना र उमेर अनिवार्य उल्लेख गर्नुपर्ने छ।
✅४) प्रतियोगीले अनिवार्य मेम्बर add गर्नुपर्ने छ
एक id बाट एक पोस्ट मात्र गर्नु पर्ने हुन्छ । पोस्ट गर्दा tag, मेंशन, शेयर,कमेन्ट जतिपनि गर्न सक्नु हुन्छ । 🙏
✅५) सिंगल फोटो पोस्ट गर्ने मिति :- २०८१ मङ्सिर १ गते शनिवार बिहान ८ बजे देखी भोली पल्ट अर्थात २ गते आइतबार बेलूकी ८ बजे सम्म पोस्ट गर्न सकिनेछ।
टोकिएको समय भन्दा अघि पछि आएको फोटो प्रतियोगिताको लागि योग्य नहुने। 🙏
✅६) भोटिंग समय :- २०८१ मङ्सिर ७ गते शुक्रवार बेलूकी ५ बजे सम्म मात्र रहने छ ।( ५ दिन मात्र )🙏
✅७) नतिजा Like को आधारमा हुने छ । जसको पोस्टमा धेरै Like आउछ उहा नै प्रथम,दोस्रो र तेस्रो बिजेता हुनेछ ,Auto like गर्न पाइने छैन ।🙏
✅८) नतीजा सार्बजनिक :- २०८१ मङ्सिर ७ गते बेलूकी ८ बजे live मार्फत हुनेछ ।🙏
✅९) सहभागी शुल्क नलाग्ने । प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुने।👈
#धन्यवाद जिलौ।
आयोजक:- मगर संसार एडमीन परिवार
प्रतिक्रिया दिनुहोस