असार २८, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले कृषकहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले गाउँपालिका उत्कृष्ट व्यवसायीक कृषकहरुलाई सम्मान गरेको हो । शुक्रबार भएको कृषक सम्मान कार्यक्रममा, तरकारी खेतितर्फ उत्कृष्ट कृषकको रुपमा त्रिवेणी गाउँपालिका वडा नं. ७ रिचि निवासी अमर सिं खत्री क्षेत्री, फलफूल खेती तर्फ वडा नं. ५ निवासी लोक बहादुर भण्डारी , बाख्रापालन तर्फ वडा नं. २ निवासी सुर्य बहादुर बुढा र बंगुरपालन तर्फ वडा नं. ५ निवासी निर्मला वलीलाई उत्कृष्ट कृषकको रुपमा ३० हजार नगद र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको हो भने, गाउँपालिका भित्रका अन्य १३ जना व्यवसायीक कृषकहरुलाई पनि २ हजार नगद र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले त्रिवेणी गाउँपालिका सधै स्थानिय जनताको साथमा रहेर काम गरिराखेको बताउनु भयो ।
उहाँले कृषक सम्मान कार्यक्रममा बोल्दै बास्तविक कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुले बजार भाउ नपाउदा र अनुदान रकम पायका किसानले उत्पादन गरेका कृषिजन्य बस्तु नपाउदा आफु दुखि हुने गरेको बताउनु भयो । व्यावसायिक कृषि पेशा गर्न सवै तयार रहनु पर्ने र बजेटको ब्यवस्थापन गर्न गाउँपालिका तयार रहेको बताउनु भयो । यथार्थमा मापदण्ड पुगेका किसानलाई उत्कृष्ट बनाएर पुरस्कार प्रदान गरिएको बताउनु भएको छ ।
उहाँले किसानको उत्पादनका साथै विमाको पनि जिम्मा पालिकाले लिनुपर्ने,अनुदानको रकम मुल्यांकन गरेर दिनुपर्ने त्यसपछि मात्र सरकारको लागानी सहि ठाउँमा परिचालन हुने बताउनु भयो ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष कविराज वुढा , ५ नं. वडा अध्यक्ष कृष्णबहादुर केसी , ७ नं. वडा अध्यक्ष भान बहादुर घर्ती , निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बुढा, कार्यपालिका सदस्य, पशु शाखा प्रमुख मञ्जु वली , कृषि प्रसार अधिकृत जयन्द्र केसी लगाएतको आथित्यता रहेको थियोे ।
गाउँपालिका कृषी शाखा प्रमुख जयन्द्र केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन योजना शाखा प्रमुख नवराज खड्काले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस