डोटी जिल्ला बडीकेदार २ निवासी दीपक बलामी मगरको सुत्केरी श्रीमती र जन्मिना साथ खान नपाएर बेहोश रहेका ५ दिनको छोराको उपचारको लागि मगर संसारको पहलबाट संकलित सहयोग रकम सुत्केरी आमाको पोषण र छोराको उपचारको लागि संकलित रु.४२,९१६ /- रुपिया सहयोग मगर संसार बाट हस्तांतरण गरेकोछ ।
उपचारको लागि सहयोग पठाउनु हुने सहयोगीहरु
१) स्याङजा हाल #हङकङ निवासी दुर्गा राना मगर ,भूमा थापा मगर र सुनीता थापा मगर ज्यूबाट एकमुश्त रु.२६,४००/-
२) अकेशा/ अपेक्षा लामिछाने मगर – देवदह 7 सितलनगर रूपनदेही रु.५००/-
३) नन्दराम बुढा मगर – डोटी रु.५००
४) नवलपरासी जिल्ला सुनवल न पा १२ हर्कट्टा निवासी गिता चौधरी र दिपक चौधरी को छोरी आहाना चौधरी को जन्मादिनको अबसरमा रु.५,५०५/-
५) खिम कुमारी थापा मगर – हङकङ रु.८,८००/-
६) पूनम राना मगर – दैलेख नौमुले 6 हालको बसाई नेपालगंज रु.११११/-
टोटल रु.४२,९१६ /-
मगर संसार बाट आजसम्म १८६ जनालाई सहयोग ग़री सकेको र सहयोग रकम हङ्कङ, नेपाल बाट जम्मा भएको अध्यक्ष तथा अभियन्ता अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।
सहयोगी लगायत मगर संसार का सम्पूर्ण एडमीन प्रति कोटि कोटि नमन
अध्यक्ष / अभियन्ता :- अनिल लामिछाने मगर
एवं समस्त मगर संसार फोटो ग्यालरी परिवार
प्रतिक्रिया दिनुहोस