पृथीछक बुढा, दुबई
रोल्पाली समाज युएईले आज तीज मनाएको छ । सेप्टेम्बर ८ तारिखका दिन धो क्रुजमा नेपाली महिलाहरुको महान चाड हरितालिका तीज मनाइएको हो । दिउँसो एक बजेदेखि शुरु भएको कार्यक्रम बेलुकी सात बकेसम्म चलेको थियो ।
कुमार बिष्ट संयोजक रहेको कार्यक्रममा दिल पुन मगर सभापति हुनुहुन्थ्यो भने संस्थाका सचिब टिकाराम पुनले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान, विशिष्ट अतिथिहरुमा रोल्पाली सेवा समाजका केन्दीय समिति रोल्पाका प्रमुख सल्लाहकार र रोल्पाली सेवा समाज युएईका संरक्षक रामकृष्ण पुन मगर, नेपाली समाज युएईका बरिष्ठ उपाध्यक्ष साथै दाङ देउखुरी समाज युएईका संरक्षक, कमल गिरि रोल्पाली सेवा समाज युएईका प्रमुख सल्लाहकार देवराज वली, लुम्बिनी प्रदेशका उपाध्यक्ष मिन बहादुर भाट र नेपाली समाज युएईका भूतपूर्व अध्यक्ष कृष्ण बहादुर ढकाल हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा नवलपरासी सेवा समाज युएइका अध्यक्ष शभुपराज डुम्रे, रुकुम पश्चिम बात पृथी छक बुदा रोल्पाली सेवा समाज युएई कार्यसमितिका पदाधिकारीहरु बरिस्ठ उपाध्यक्ष सुरेश कुमार केसी, सल्लाहकार ढोलक केसी, सल्लाहकार भुपेन्द्र केसी, बरिष्ठ उपाध्यक्ष, संस्थाका सचिव टिकाराम पुन, कोषाध्यक्ष खुम बहादुर नेपाली र प्रवक्ता जय बहादुर घर्ती मगर हुनुहुन्थ्यो ।
ऐना हेरेर, पाइन खबर, फुलको बसना, झिल झिल सितारा र आमा तिम्रो दुधको बाराले जस्ता कालजयी गितका सर्जक तथा गायिका हरिदेवी कोइरालाको विशेष उपस्थितिले कार्यक्रमलाई अझै शोभायमान बनाएको थियो । उहाँले मन्तव्य मार्फत बिदेशमा रहेर पनि आफ्नो देशको कला संस्कृतिलाई जगेर्ना गरिरहेको प्रति रोल्पाली सेवा समाजलाई धन्यवाद प्रकट गर्नुभएको थियो । उहाँले तीजको गित गाएर दर्शकस्रोतालाई छम्छमी नचाउनु भएको थियो ।
सन् २०१७ मा गठन भएको रोल्पाली समाज बिश्वका १४ वटा देशहरुमा फैलिएको छ ।
बरिष्ठ गायिका हरिदेवी कोइराला सम्मानित
नारीहरुको पर्व हरितालिका जितको विशेष अवसरमा आयोजित कार्यक्रममा बरिष्ठ लोक गायिका तथा साहित्यकार हरिदेवी कोइराला सम्मानित भएकी छिन । नेपाली लोक गित, संगीत तथा साहित्य विधामा रही लोक सांस्कृति बिकास र प्रचारमा राष्ट्रलाई पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै रोल्पाली सेवा समाज युएईले सम्मान गरेको हो ।
नेपाली लोक संगीतमा कालजयी गितहरुका सर्जक, साहित्यकार तथा बरिष्ठ लोक गायिका हरिदेवी कोइरालाको छुट्टै पहिचान बनेको छ । उनको योगदानलाई कदर गर्दै संस्थाले भब्य सम्मान गरेको रोल्पाली सेवा समाज युएइका अध्यक्ष दिल पुन मगरले पोष्टपाटीलाई बताए ।
प्रतिक्रिया दिनुहोस