माघे सकराटीको अवसरमा मगर संसारले अन्लाइन महिला भलिबल खेलाडी फोटो प्रतियोगिता गर्ने


२०८० पूस २३
चर्चित सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुप भित्र मगर समुदायको महान राष्ट्रीय सांस्कृतिक पर्व माघ्या सकराटीको अवसरमा यही २०८० माघ ३ गते देखी सुरु हुने प्रतियोगिता आयोजना गरेकोछ।

नियमित प्रतियोगिता ५१ औँ Online प्रतियोगिता अन्तर्गत नेपालको राष्ट्रीय खेल भलिबल खेललाई लक्षित गरी खेलाडीहरूको सम्मान र हौशला स्वरुप खुल्ला महिला भलिबल खेलाडी खुल्ला फोटो प्रतियोगिता २०८० हुने भएकाले आफ्नो गाउ ,टोल,छर-छिमेक,कलेज,स्कूलको टीम,विभिन्न क्लब,संस्थाको टीम दर्ता यही २०८० पुस मशान्त सम्म टीम दर्ता गरी प्रतियोगितामा सहभागी जनाई दिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गरेकोछ ।

यस अघी ५०औ प्रतियोगितामा पुरुष भलिबल खेलाडी फ़ोटो प्रतियोगिता सम्पन्न गरेको र मगर समुदायको राष्ट्रीय पर्व माघे सकराती को अवसर पारेर लगतै महिलाहरूको राखियको अध्यक्ष तथा संयोजक अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।
प्रतियोगिताको नियम र खेल बारे तल उल्लेख गरिएको छ

#प्रतियोगिताको नियमहरु:- 👇👇👇👇

✅१) खेलाडीहरूको फोटो जर्सी लगाएको हुनुपर्नेछ। महिला खेलाडी फोटो प्रतियोगितामा पुरुष खेलाडी मिसिएको फोटो मान्य हुने छैन।

✅२) ग्रुप फोटो अर्थात ६ जना माथिको जती भएपनि मान्य हुनेछ ।
खेलाडी मगर तथा गौरमगर सबै मान्य हुनेछ।

✅३) खेलाडीको ग्रुप फोटो खेल संयोजक अनिल लामिछाने मगर अर्थात मगर संसारका #admin लाई दिई दर्ता गर्नुपर्ने छ।

✅४) फोटो दिदा #क्लब वा #संस्थाको नाम दिनु पर्नेछ। एक #क्लब बाट जती पनि टीम #दर्ता गर्न सकिनेछ।

✅५) फोटो पठाउनु पर्ने (दर्ता गर्ने) अन्तिम मिति :- २०८० पूस मशान्त सम्म मात्र।

✅६) प्रतियोगिता सुरु :- २०८० माघ ३ गते देखी सुरू हुने👈

✅७) स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण लाफाहरुले फोटो पठाई दर्ता गर्न सकिनेछ।

✅८) टीम दर्ता शुल्क :-
नेपाली रु.५०० सम्म मात्र
(बैंक खाताको लागि admin लाई sms गर्नुपर्ने।)

✅९) प्रतियोगिता अवधि भरी मगर संसार भित्र एडमीनको सूचना अनिवार्य हेर्नु पर्ने छ र गेमको नियम ,प्रतियोगिताको चरण र प्रतियोगिताको नियम बारे टीम दर्ता सकेपछि पुनः सूचना गर्नेछौ।

✅१०) प्रतियोगिता मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र हुनेछ। मगर संसार id बाट खेलाडीको फोटो पोस्ट गरी खेलाइने छ ।

💸💸💸पुरस्कारहरु:- 🏆🏆🏆
……………..
👉प्रथम :- रु.६,०००/- + ट्रफी + सम्मान पत्र
👉दोस्रो :- रु.४,०००/- + ट्रफी + सम्मान पत्र

👉पुरस्कार स्पोन्सर गर्न चाहनु हुन्छ भने एडमिनलाई sms गर्न सक्नु हुनेछ।🤝)

#धन्यवाद जिलौ।
खेल संयोजक :- अनिल लामिछाने मगर (हाल कोरिया)
आयोजक:- मगर संसार एडमीन परिवार

२४ पुष २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको