दाङमा नेपालकै सस्तो इन्टरनेट सेवाप्रदायक कम्पनी ‘वाईफाई नेपाल’ले गर्यो सेवा विस्तार


असोज २०, दाङ । इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले दाङको तुलसीपुरमा सेवा विस्तार गरेको छ ।

नेपालकै सवै भन्दा सस्तो इन्टरनेट प्याकेजका साथ बजारमा आएको यो कम्पनीले आफ्नो सेवा विहिबार (घटस्थापना) देखि औपचारिक रुपमा तुलसीपुरमा पनि सुरु गरेको हो ।

अब तुलसीपुरका प्रयोगकर्ताले वाईफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् । कम्पनीले मासिक ३३३ रुपैयाँमा ५० एमबीपीएस र मासिक ५०० रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको जनाएको छ ।

विहिबार कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख हरि गुरुङ्ले विपि चोकमा तुलसीपुर शाखाको उद्घाटन गर्दै तुलसीपुर आसपासका उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘तुलसीपुर शाखा’को सेवा प्रारम्भ गरिएको बताए ।

तुलसीपुर शाखावाट हाललाई पुर्वमा हापुरखोलादेखि पश्चिममा जुम्लेकुला सम्मका सम्पुर्ण ठाउँमा सेवा विस्तार गरिएको वाईफाई नेपाल तुलसीपुर शाखा इन्चार्ज प्रकाश वुढाथोकीले जानकारी दिए ।

यस्तै तुलसीपुर शाखाका सेल्स तथा मार्केटिङ प्रमुख नवराज घिमिरेले क्रयशक्ति कम भएका कुना कन्दराका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ तुलसीपुरमा सेवा विस्तार गरिएको जानकारी दिए ।

साथै वाईफाई नेपालले चाडवाड लक्षित योजना पनि सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३१% छुटसहित ५० एमबीपीएसको इन्टरनेट जडान गर्दा दुई बर्षको जम्मा ८ हजार ४ सय ७५ रुपैयाँ र ८० एमबीपीएसको इन्टरनेट जडान गर्दा दुई बर्षको जम्मा ११ हजार ८ सय ६५ रुपैयाँले जडान गर्दिने जनाएको छ । वाईफाई नेपालको सेवा नेपालभर ७९ भन्दा बढी सहरहरुमा पुगिसकेको छ ।

२० आश्विन २०८१, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको