बाढीले टिपर बगायो


असार २२, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१३ ठेचोमा नख्खुखोलाको बाढीले टिपर बगाएको छ ।

गएराति देखिको अविरल वर्षाका कारण नख्खु खोलाको बाढीले टीकाभैरवतर्फ गइरहेको रा १ ख २६२४ नम्बरको टिपरलाई बगाएको हो।

बाढीले बगाएको टिपर सडकबाट केही तल डुबेको अवस्थामा छ।

टिपरका चालक सकुशल छन्। टिपरलाई निकाल्नका लागि समन्वय भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

२३ असार २०८१, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको