दाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


असार २२, भालुवाङ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिका–१ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी ४४ वर्षिय सन्तोष कुमार योगी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान करिब १२ बजेको समयमा पश्चिमबाट पुर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर मिनिट्रकले पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १४ प ४१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मृतकको टाउको र खुट्टामा गहिरो चोट लागेको थियोे । ठक्कर दिने र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

२३ असार २०८१, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको