असार २२, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा अज्ञात समूहले गाउँपालिकाकाे डाेजरमा आगजनी गरेको छ।
मंगलबार राति त्रिवेणी गाउँपालिकाको रा १ ख २७ नम्बरको डोजरमा आगजनी भएको गाउँपालिकाले जनाएको छ ।
सोहि गाउँपालिका–४ खबाङ नजिकै सडक मर्मत गर्ने क्रममा राखिएको उक्त डाेजरले गाउँपालिकाको सबै वडाका सडक मर्मत र निर्माण गर्ने क्रममा उक्त मेसिनलाई प्रयोग गर्दै आएको र वडा नम्बर ४ को सडक मर्मत गर्ने क्रममा उक्त डाेजर मंगलबार खबाङमा पुर्याइएको समयमा आगजनी भएको प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए ।
उक्त घटनाबारे जानकारी गराउँदै सुरक्षा निकायलाई अनुसन्धानका लागि सहयाेग गर्ने विज्ञप्ति मार्फत प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । उता जिल्ला प्रहरी कार्यालय राेल्पाले घटनाबारे जानकारी पाएकाे र अनुसन्धान थालिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस