दाङ-सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्ग अबरुद्ध


असार २२, दाङ । दाङ-सल्यान सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोटमा झरेको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

सल्यानको कपुरकोट नजिकै लेदोसहितको पहिरो झरेका कारण राजमार्ग अवरु भएको सल्यानका प्रहरीका प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले जानकारी दिए ।

बर्षा जारी रहेको तथा माथिबाट लेदोमाटो खस्ने क्रम नरोकिएको हुँदा समस्या भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मध्य पहाडी लोकमार्ग अन्तरगत दाङ सडक खण्ड अन्तरगत पर्ने सिस्ने गाउँपालिका – ६ रानीकोटमा पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यलय प्यूठानका अनुसार दाङको भालुवाङ –प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै प्यूठानदेखि दाङको बंगलाचुली सडक खण्डको ताछ्ने भिर नजिकै पनि पहिरोका कारण सडक खण्ड अवरुछ भएको छ । दुबै सडक खण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

२३ असार २०८१, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको