नागरिकता, परिचय-पत्र पालिकामै गराउन मागगर्दै नेकपाले बुझायो ज्ञापनपत्र


पौष २०, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जनताका नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता कामहरु आगामी बर्ष देखि स्थानीय तहमै उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । उक्त कार्यहरु संबिधानमा ब्यबस्था भएको भन्दै मध्ये दक्षिण रोल्पाका इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य आक्रोस सीले रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे समक्ष आज ज्ञापनपत्र बुझाएका हुन ।
अझै पनि बास्तविक संघियताको निर्माण र अभ्यास नगरिएको बताउदै दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहजै पालिका स्तरबाट पाउनुपर्ने सामान्य सुविधाहरु नागरिकता, परिचय पत्र, जग्गा किनबेचका लागि अझै पनि जिल्लाको सदरमुकाम धाउनुपर्ने बाध्याता रहेको प्रति प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत गराईएको छ ।
सदरमुकाम धाउनु पर्ने अवस्थाका कारण समय र खर्चका हिसावले जनताका लागि निकै कष्टकर र समस्यामूलक बनिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२० पुष २०८०, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको