मगर संसारद्वारा रूपन्देही देवदह की मुटु बिरामीलाई रु.५०,२८०/- रुपिया सहयोग हस्तान्तरण गरेको छ । यो मगर संसारद्वारा २२५ औ सहयोग हो ।
सामाजिक कार्यमा सक्रिय रहेको online ग्रुप मगर संसार फोटो ग्यालरीले देवदह -१२ प्रगति नगर रूपन्देही निवासी दुर्गा थापा मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
मुटु रोगबाट ग्रसित आर्थिक अवस्था कमजोर रहेका दुर्गा थापामगरलाई थप उपचारको लागि रु.५०,२८० /- रुपैयाँ रकम हस्तान्तरण गरिएको हो।
सहयोग रकम मगर संसार ग्रुपका एडमिन अमीर मगर र सदस्य मन रुपी सारू मगर को बिरामीको घर मै पुगी सहयोग रकम हस्तांतरण गरेको थियो।
सहयोग रकम कोरिया,नेपाल, दुबई मा रहनुहुने नेपालीहरु बाट संकलन भएलो अध्यक्ष/ सहयोग अभियंता अनिल लामिछाने मगर (हाल कोरिया)ले जानकारी दिनु भयो
अनुरोधक:- online मगर संसार फोटो ग्यालरी
प्रतिक्रिया दिनुहोस