जेठ २१, रोल्पा । जनप्रिय पोलिक्लिनिक प्रा.लि. द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जनप्रीय पोलिक्लिनिकका तत्कालीन ब्यबस्थापक तथा सन्चालक स्व. भिम बहादुर ओलिको तेस्रो स्मृति दिवसको अवसरमा स्वास्थ्य शिबिर यही जेष्ठ २१ गते सोमबार सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा १ सय १४ जना महिला र २१ जना पुरुष गरि १ सय ३५ जनाले निशुल्क सेवा लिएको जनप्रीय पोलिक्लिकका ब्यबस्थापक तथा संचालक प्रभाकर वलीले जानकारी दिनु भयो ।
लामो समय देखि वीर अस्पताल र कपिलबस्तु अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. नसिम अख्तर र डा. परमार्थ पौडेलद्वारा चेकजाँच भएको थियो । स्वास्थ्य शिविरमा दिएका सेवाहरु महिलाको तल्लो पेट दुख्ने, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती तथा पाठेघर सम्बन्धि समस्या, स्तनमा गाँठागुठी भएको, हातखुट्टा झमझमाउने रिंगाटा लाग्ने, खाना मन नलाग्ने, शिरीर सिथिल हुने, सुगर, प्रेसर, थाईराइड, ग्यास्ट्रिक, गानागोला, दम, पायल्स, फिस्टुला, दाँत भर्ने र निकाल्ने तथा दांत राख्ने, गिजा सुन्निएको तथा गिजाबाट रगत बग्ने आदिको चेक जाँच तथा उपचार सम्बन्धि सेवाहरु दिईएको थियो ।
साथै डाक्टरद्वारा भिडियो एक्स-रे, माईनर अप्रेसन र पलास्टर सेवाहरु प्रदान गरिएको थियो । स्वास्थ्य शिविर बगचौर सल्यानमा रहेको जनप्रिय पोलिक्लिनिकमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस