पुस १७, दाङ । दाङमा एक महिला चार दिन देखि बेपत्ता छिन।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -६ निवासी बिष्णु शर्माको श्रीमती २० वर्षिय वर्षा भण्डारी चार दिन देखि सम्पर्क बिहिन भएको पारिवारिक स्राेतले जनाएको छ।
याे वर्ष नै विष्णु संग विवाह बन्धनमा बाधिएकि वर्षा गत शनिबार (पुस १४ गते) घरबाट बिहान चार बजेतिर मन्दीर जान्छु भनेर हिडेकी भण्डारी वेपत्ता भएपछि खोजिका लागि परिवारले अपिल गरेको छ । शनिबार बिहानै हराएकी बहिनीको खोजिका सहयोग गरिदिन उहाँका दाई जीवराज भण्डारीले बताए।
बहिनीलाई भेटाउनुहुने महानुभावले नजिकैको प्रहरी चौकि तथा मोबाईल नम्बर ९८४५५७०९१५ मा खबर गरिदिन जीवराजले अनुरोध गरेका छन।
प्रतिक्रिया दिनुहोस