रोल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ६ घाइते


असार १७, राेल्पा । रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा ठुलाे मात्रामा मानविय हाताहाती भएकाे छ ।

दुर्घटनामा परि ८ जनाको मृयु भएको छ भने ६ जना गम्भीर घाईते भएकाे जिल्ला प्रहरी राेल्पाले जनाएकाे छ ।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको घटनास्थलमा भएका प्रहरीले जनाएका छन् । घाइतेहरुकाे उद्दार गरी उपचारका लागि अहिले अस्पतालतर्फ पठाइएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा धेरैजसाे तालाबाङकै मान्छेहरु परेका छन् ।

तस्बिरः पत्रकार बुद्धिमान वली

१८ असार २०८१, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको