गंगादेव गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड सिद्धार्थ नमुना माविको पोल्टामा (नतिजासहित)


पुस १५, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड सिद्धार्थ नमुना माविको पोल्टामा परेको छ ।

आईतबार सम्पन्न सबै खेलहरु सकिएसँगै दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्वर्ण, ११ रजत, ८ कास्य गरि सबै ३२ पदक प्राप्त गर्दै सिद्धार्थ नमुना मावि दोस्रोपटक पनि शिल्ड बिजेता भएको हो । सिद्धार्थ नमुना मावि गत बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि च्याम्पियन भएको थियो ।

यस्तै राष्ट्रिय माबि मेलडारी अोतले ५ स्वर्णपदक, १ रजतपदक र ३ कास्यपदक गरि ९ पदक ल्याएर उपबिजेता भएको छ ।

शिल्ड यहि पुस ११ गतेदेखि १५ गतेससम्म सिद्धार्थ नमुना मा.वि. घोप्टेओढार गंगादेव-३ को प्राङगनमा भएको हो । राष्ट्रपति रनिङ शिल्डको समापन भोलि पुस १६ गते हुने शिक्षा शाखा प्रमुख अंग बहादुर वलीले जानकारी दिए ।

रनिङ शिल्डमा गंगादेवका १० विद्यालयहरु सहभागी भएका थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथलेटिक्सका खेलहरु भएका हुन् ।

सहभागी बिद्यालयहरुको सम्पूर्ण प्रतियोगिताको नतिजा हेर्नुस ।

 

१५ पुष २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको