नेकपा एमाले जिल्ला कमिटी रोल्पाको छैठौं पुर्ण बैठक हिजो रोल्पाको लिवाङमा सम्पन्न भएको छ ।
नेकपा एमाले रोल्पाका कार्यबाहक अध्यक्ष विजयकुमार घर्तीमगरको अध्यक्षता र नेकपा एमालेकी केन्द्रीय सदस्य ईश्वरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले पुस १५ गतेदेखि प्रत्येक गाउँपालिकामा वैठक तथा कार्यकर्ता र जनतासँग भेटघाट कार्यक्रम राख्ने निर्णय गरेकाे छ। पार्टी जिल्ला सचिव अमृत बुढाका अनुसार यहि १५ र १६ गते रोल्पा नगरपालिका, १९ गते सुनछहरी, २० गते लुंगी, २१ गते सुनिल स्मृति, २३ गते रुन्टिगढि, २४ र २५ गते त्रिवेणी, २६ गते गंगादेव, २७ गते माडी, २८ गते परिवर्तन र २९ गते थबाङमा बैठक, भेला तथा भेटघाट कार्यक्रमको तय गरिएको छ। साथै बैठकले यहि पुस १६ गते पार्टीका जनवर्गीय संगठनका जिल्ला पदाधिकारी र प्रदेश/केन्द्रका सदस्यहरूसग संयुक्त वैठक गर्ने निर्णय गरेको छ।
भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा अस्थायी टहरा निर्माणका लागि एमाले रोल्पाको तर्फबाट स्वयमसेवकका रुपमा १५ दिन खटिएका १३ जनालाई वैठकले धन्यवाद ज्ञापन समेत गरेको छ।
वैठकमा एमाले लुम्बिनी प्रदेशका उपसचिव पुर्ण बुढामगर, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य बालाराम बुढा, प्रदेश सदस्य प्रेम घर्ती, पुर्व प्रदेश सदस्य घनश्याम आचार्य लगायतका नेताहरुको आतिथ्यता रहेको थियो। वैठकको सन्चालक पार्टी जिल्ला सचिव अमृत बुढामगरले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस