मगर संसारको १४६ औ सहयोग सम्पन्न


मगर संसारद्वारा जाजरकोटका छ दिनको बिरामी बालक( शिशु)लाई रु.११,६४४/- रुपिया सहयोग प्रदान गरिएको छ । यो सहित मगर संसारको १४६ औ सहयोग हो ।

जाजरकोट जिल्ला भेरी २ निवासी निम ब.पुन मगरको छ दिनको सुत्केरी बच्चा(बालक) लाई जन्मिना साथ निमोनिया र फोक्सोमा असर परेकोले उपचार गर्न आर्थिक अभाबले छटपटाइ रहेका परिवारलाई बालकको उपचारको लागि मगर संसार द्वारा सहयोग अपिल मार्फत संकलन भएको रु.११,६४४/- रुपिया उपचार को लागि पठाईएको जानकारी गर्दछौ।
सहयोग पठाउनु हुने सहयोगीहरु:-
१) कमल थापा मगर- संखुवासभा खांडबारी हाल korea कोरियन 25,000 वन
२) आभाष राना मगर – स्याङ्गजा गल्याङ् ८ हाल कोरिया कोरियन 20,000 वन
३) लता पुन मगर (जन्मदिनको अवसर पारेर) – गुल्मी बसाइ ktm कोरियन 20,000 वन
४) देवी राना मगर – ktm हाल UK रु.५,१४४/-

टोटल रु.११,६४४/- मात्र
सहयोग अभियन्ता:- अनिल लामिछाने मगर
समस्त मगर संसार एडमिन परिवार

१७ चैत्र २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको