मगर संसारको पहलमा खोटाङकी बिरामीलाई आर्थिक सहयोग हस्तांतरण


मगर संसारको पहलमा खोटाङकी बिरामीलाई आर्थिक सहयोग हस्तांतरण गरेको छ ।

यो मगर संसारको १७५ औ सहयोग हो ।

आर्थिक अवस्था कमजोर खोटाङ जिल्ला बारपोखरी भन्ज्याङ निवासी भिरबाट लडी मेरुदन्ड भाचिएर शक्त घाइते भई हाल ktm मा उपचार्थ २२ बर्षीय लक्ष्मी कुमारी मगरको उपचारको लागि मगर संसारको पहलमा संकलित नेपाली रु.१५,०५५ रुपिया सहयोग हस्तांतरण गरेको छ।

सहयोग रकम मगर संसारका सक्रिय एडमिन वबी गर्बुजा मगर ज्यूले बिरामीको हातमा हस्तांतरण गरेको थियो ।

अध्यक्ष तथा सामाजिक अभियंता अनिल लामिछाने मगरले मगर संसार बाट आजसम्म गरीब ,दुखी,बिपन्न आर्थिक अवस्था कमजोर बिरामिलाई मगर संसार बाट बिभिन्न माध्यमबाट गरी १७५ जनालाई सहयोग गरी सकेको जनकारी समेत दिनु भयो।
समस्त मगर संसार एडमिन परिवार

१३ कार्तिक २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको