नेपाल आज पहिलोपटक एसिया कप खेल्दै, शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै


भदौ १३ , काठमाडौँ । नेपाल आज (बुधबार) पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ ।

पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग भिड्ने भएको हो।

नेपालको क्रिकेट इतिहासमा नेपाली टोली पहिलोपटक ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल भने ओडीआई वरीयताको १५ औँ स्थानमा छ । नेपाल-पाकिस्तानको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

१३ भाद्र २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको