दाङको छिल्लीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल


भदौ १३, दाङ । दाङ तुलसीपुरको छिल्लीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को छिल्लीकोटको पहाडबाट आइतबार र सोमबार दिउँसो प्याराग्लाइडिङको परीक्षण उडान सफलता पूर्वक गरिएको हो ।

तुलसीपुरको आकाँशमा यो नै पहिलो र सफल प्याराग्लाइडिङको उडान थियो । तुलसीपुर क्षेत्रमा कृषि फर्म संचालन गर्दै आएका तुलसीपुरका तीन युवा रविन्स डाँगी,बाबुराम घिमिरे र जय गौतमका साथै घोराहीका मोहन बस्नेतले मिलेर प्याराग्लाइडिङको सम्भाब्यता अध्यन तथा अनुसन्धान गर्ने उदेश्यले काम भएको हो ।

त्यसका लागि उनीहरुले कास्की पोखराका पाइलट कृष्णबहादुर क्षत्रीसहितको टिम बोलाएका थिए । लगातार दुइ दिन सफल परीक्षण उडानको काम सफलता पूर्वक पुरा भएको पाइलट क्षत्रीले बताए ।

पोखराको सराङकोट जस्तै दाङ तुलसीपुरको छिल्लीकोट प्याराग्याइडिङ उडानका लागि उत्तम स्थल भएको क्षत्रीले बताए । छिल्लीकोटबाट सोझै झर्दा १२ मिनेट र अन्य ठाउँमा ल्याण्डिङ गर्दा कम्तिमा ४५ मिनेट जति आँकाशमा आँफुहरु उडन सफल भएको उनले जानकारी दिए ।

पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण भएपछि त्यहाँको सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको उडानमा प्रतिबन्ध लगाइएपछि पाइलट क्षत्री लगाएतको समुह स्थानीय युवाहरु संव समन्वय गरि नयाँ स्थलको खोजीमा जुटेका हुन ।

परीक्षण उडान सफल भएको हुँदा दर्ता प्रक्रिया पुरा भएपछि ब्यबसायिक उडानको योजनाका साथ काम अगाडि बढाइएको डाँगीले जानकारी दिए । तुलसीपुर – १९ का वडाध्यक्ष प्रेम योगीले प्याराग्लाइडिङको परीक्षण उडान गर्नु भन्दा पहिला युवाहरुको टिमले वडा कार्यालयबाट अनुमति लिएको जानकारी दिए ।

आँफुपनि सक्राममा पुगेर प्याराग्लाइडिङ उडेको दृष्य हेरेर फर्किएको र त्यो देख्दा मन साह्रै रामाएको प्रतिक्रिया दिए । तुलसीपुरका मेयर टीकाराम खड्काले भने याराग्लाइडिङको परीक्षण उडान पूर्व स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार संग अनुमति नलिने गलत भएको तर्क गरे ।

 

१३ भाद्र २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको