नेकपा उत्तर दक्षिण सल्यान जिल्ला समितिको चौथो बैठक सम्पन्न


नेपाल कम्युनिस्ट पार्टी उत्तर र दक्षिण सल्यान जिल्ला समितिकाे संयुक्त चाैथाे पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । जिल्ला समितिको सयुक्त बैठक सल्यानको श्रीनगरमा सम्पन्न भएको थियो ।

नेकपाको केन्द्रिय स्तरको बैठक पश्चात निर्णय भएका नीति तथा कार्यक्रमहरु सम्प्रेसन गर्न बैठक बसेको जनाईएको छ । बैठकले MCC विरुद्धमा जिल्लामा जाेडदार संघर्ष गर्ने निर्णय गरेको छ भने जिल्ला स्तरमा संगठन विस्तार गर्न ‘सल्यानी जनताको सुखदुःखकाे साथि, नेपाल कम्युनिस्ट पार्टी’ नारा सहित जनएकता अभियान संचालन गर्ने निर्णय समेत गरेको नेकपा सल्यानले बताएको छ ।

त्यसैगरी पालिकाहरुमा बैठक सहित राजनीतिक/वैचारिक पार्टी प्रशिक्षण गर्ने, समसामयिक बिषयमा राजनीतिक अन्तरक्रिया गर्ने, भ्रष्टाचार, अनियमितता, बेथिति, महिला हिंसा, बैंक र लघुवित्तहरुकाे ज्यादतीका विरुद्धकाे संघर्षलाई निरन्तरता दिने, युवा संगठन, महिला संघ, राष्ट्रिय उद्योग वाणिज्य महासंघ, श्रमिक समुदाय माेर्चा, ट्रेड युनियन महासंघ, किसान संघ, जनपत्रकार संगठन, मगर माेर्चा लगायत भ्रातृसंगठनहरुका जिल्लाभेला तथा सम्मेलन गर्ने, समाजवादी माेर्चालाई बिस्तार गर्ने लगायतका निर्णयहरु भएको बताईएको छ ।

१३ भाद्र २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको