भदौ १२, रोल्पा । नेकपा पश्चिम रोल्पाका सचिवालय सदस्य डिल्ली रमण वलीका वावा लोक सिङ वलीको मृत्यु पश्चात ५ दिनका दिन वृक्षारोपण भएको छ । वृक्षारोपण कार्यक्रममा नेकपाका केन्द्रिय प्रतिनिधि बिस्व सीले किवी, टिम्मुर काँडे फुल लगायतका वृक्षाहरु रोपेका थिए ।
वृक्षारोपण कार्यक्रममा नेकपा बागचौर नगरपालिका सल्यानका इन्चार्ज टोप बहादुर वली, जिल्ला समिति सदस्य पश्चिम रोल्पाका सदस्य तथा गंगादेव गाउँपालिकाका सेक्रेटरी पिस्तोल सी लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मृत्यु पछी सी जातिहरुले गरिने संस्कार अनुसार वृक्षारोपण कार्यक्रम भएको नेकपाका नेता बिस्व सीले बताउनु भयो ।
लोक सिङ वलीको ६० बर्षको उमेरमा यहि भदौ ५ गते असामयिक निधन भएको थियो । मृतक ओलीका जेठो छोरा दिल्ली रमण वली नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपालको केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस