नेकपा पश्चिम रोल्पाको तेस्रो पूर्ण बैठक सम्पन्न


भदौ १२, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी पश्चिम रोल्पाको तेस्रो पूर्ण बैठक सुक्रबार सम्पन्न भएको छ । बैठक परिवर्तन गाउँपालिकाको बागमारामा सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय बैठक पश्चात निर्णय भएका नीति तथा कार्यक्रमहरु सम्प्रेषण गर्न बैठक भएको पश्चिम रोल्पाका सेक्रेटरी सन्दिप सीले जानकारी दिए । बैठकले केन्द्रिय नीति अनुसार ६ महिने अद्यावधिक योजना लागु गर्ने निर्णय गरेको छ । जसमध्ये राजनतिक वैचारिक, सांगठानिक, सघर्ष, आर्थिक, सांस्कृतिक, प्राबिधिक, नमुना कार्य, सुचना संचार तथा प्रकाशन बारे महत्वपूर्ण निर्णय गरेको नेकपा पश्चिम रोल्पाले जनाएको छ ।

बैठकमा नेकपा केन्द्रिय सदस्य तथा पश्चिम रोल्पाका इन्चार्ज असिना सीको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय प्रतिनिधि बिश्व सी र सल्लाहकार गणेश सीकप आतिथ्यता रहेको थियो ।

सेक्रेटरी सन्दिप सीद्वारा सर्कुलर बाचन भएको थियो, भने इन्चार्ज असिना सीद्वारा सर्कुलरको प्रस्टीकरण तथा आगामी नीति तथा कार्यक्रम बारे प्रशिक्षण भएको थियो । त्यसैगरी बिस्व सी र गणेश सीद्वारा मन्तब्य राख्ने कार्य भएको थियो ।

बैठकलाई सेक्रेटरी सन्दिप सीले सहजीकरण गरेका थिए । बैठकमा जिल्ला समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

१२ भाद्र २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको