दिबंगत आमाको नाममा राहत वितरण, १६ गते विप्लवको उपस्थितिमा शोकसभा हुने


चैत्र १५, काठ्मान्डौ । दिबंगत आमा टंकी कुमारी वलीको नाममा राहात वितरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका १० न्यौपाने गाउँस्थित आफ्नै निवासमै राहात वितरण भएको हो ।

राहत वितरण दुई जनालाई गरिएको थियो । क्यान्सर पीडित गोदावरी नगरपालिका १० न्यौपाने गाउँ निवासी गोमा घिमिरे र सुस्त मनस्थिति, अपांग सोलुखुम्बु निवासी हाल न्यौपाने गाउँ बस्दै आएकि शुशिला परियारलाई नगत रकम पार्टीका पोलिट ब्युरो सदस्य तथा गण्डक ब्युरो इन्चार्ज आदर्श सी र केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज बिपिन सीले हस्तान्तरण गरेका थिए भने केन्द्रिय सदस्य तथा काठमाडौं ३ नम्बर जिल्ला इन्चार्ज भृकुटी सीले खादा लगाएर सम्मान गरेकी थिइन ।

कार्यक्रमलाई ललितपुर जिल्ला सेक्रेटरी विकास सीले सन्चालन गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरु केन्द्रिय समिती सदस्य काठमाडौं ३ नम्बर जिल्लाको इन्चार्ज भिर्कुटीले राहत वितरण सम्बन्धि पार्टीले लिएको नितिबारे प्रष्ट पारेकी थिइन । पार्टीको नीति अनुसार आज चौथो दिन राहत वितरण कार्यक्रम गरिएको उनले बताईन ।


कार्यक्रममा प्रतिनिधि सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज ललित सी, काठमाडौं ३ नम्बर सेक्रेटरी हिरा सी लगायत नेता-कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो ।

भोलि अर्थात चैत १६ गते दिउँसो १२ बजे ललितपुर गोदावरी नगरपालिका १० न्यौपाने गाउँस्थित दिबंगत आमाको निवासमा शोकसभा कार्यक्रमको आयोजना गरिएको पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले जानकारी दिए ।

शोकसभा कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द “विप्लव सी” उपस्थित हुने उनले जानकारी दिए । कार्यक्रममा विभिन्न पार्टीका नेता-कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहने नेकपाले जनाएको छ । 

१५ चैत्र २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको