दिबंगत आमा टंकी कुमारीको नाममा अक्षयकोष स्थापना


चैत्र १३, काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चुडामणी ‘आदर्श सी’कि दिबंगत आमा टंकी कुमारी वलीको नाममा अक्षयकोषको स्थापना भएको छ । आज मंगलबार आफ्नै निवासमा ‘अक्षयकोष स्थापना भएको हो ।

पार्टी केन्द्रको निर्णय अनुसार र उपत्यका व्युरोको आयोजनामा आज तेस्रो दिन अक्षयकोषको स्थापना गरिएको नेकपाले जनाएको छ । उक्त कार्यक्रमको संचालन सुदर्शन सीले गरेका थिए ।

पोलिट ब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले भने ‘हिजोको धर्म सस्कृतीलाई पुजीवादले भ्रस्टिकरण गर्यो, हामीले नयाँ ससकृतिलाई अहिले जोडबलका साथ सुरुवात गरेउ, भोलिका दिनमा यो सस्कृतिलाई सबैले मान्नुपर्ने अवस्था आउनेछ, पुरानो पुरातनबादी सस्कृतिलाई परिवर्तनगरि नयाँ सस्कृतिको विकास हामीले गरेका छौ ।
उनले परम्पराअनुसार बाहुनलाई दान गर्ने पैसा आफ्नो बुबाको नाम १ लाख ३० हजार राखेको र अहिले त्यसमा सबैले साथ दिंदा १५ लाखको कोष पुगेको बताए । आफुले नयाँ संस्कृति अबल्म्बन गर्दा आफू एक्लै भएको र ठुलो चुनौती पनि भएको बताए । अहिले सबैले मान्नु भयो कोष पनि ठूलो भयो । पार्टीले यस्ता ठुला ठुला कोषहरुको स्थापना गर्ने तयारी गरेको पनि बताए । त्यसमा घाइते, बेपत्ता परिवार, सहिद परिवार लगायतलाई सहयोग हुनेगरी गराउन सकिने उनको भनाई थियो ।

अर्का बक्ता वरिष्ठ अधिबक्ता एकराज भण्डारीले संक्षिप्त कुरा राख्दै, ‘कम्युनिस्टहरुमा पनि पुजीवादी बर्गका कारण प्रगतिशील संस्कृतिमा ह्रास आएको बताए । आफुले पनि पुरानो संस्कृतिलाई तोड्दै नयाँ सस्कृतिलाई अबलम्बन गर्दै बाहुनलाई गर्ने दान बापतको पैसा १ लाख बुबाआमाको नाममा अक्षयकोष स्थपाना गरेको बताए । उक्त अक्षयकोषबाट प्रत्येक बर्श गरिव तथा जेहेन्दार विध्यार्थीलाई दिईने गरेको बताए । वरिष्ठ अधिबक्ता भण्डारीले अक्षयकोषको सन्चालन र कानुनी प्रक्रियाबारे प्रष्ट पारेका थिए।

आजको कार्यक्रममा केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग आमूल सी, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जहेन्द्र सी, अधिबक्ता खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी, ललितपुर जिल्ला सेक्रेटरी विकास सी, काठमाडौं ५ को जिल्ला इन्चार्ज इच्छुक सी, सेक्रेटरी धुर्व सी, काठमाडौं ६ को जिल्ला सेक्रेटरी राजु सी लगायत नेता तथा कार्यकर्ता र स्थानियको सहभागीता रहेको थियो ।

१४ चैत्र २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको