गंगादेवमा गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन (फोटोफिचर)


पुस ११, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ ।

बुधबार गंगादेव गाउंपालिका ३ स्थित श्री सिद्धार्थ नमुना माबी घोप्टेओडारको प्राङगनमा सम्पन्न भएको हो । गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रमको प्रमुख अतिथिमा पुर्व सिचाई राज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिङ पुन, विशिष्ट अथिती निबर्तमान लुम्बिीन प्रदेस सभा सदस्य फखुरदिन खान र गंगादेव गाउँपालिका उपाध्यक्ष अमृता कुमारी केसीको रहेको थियो ।

कार्यक्रममा सातै वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सञ्चार माध्यम आवद्ध पत्रकार, आमा समूह, लहरे समूह, गाउँपालिका भित्रका सम्पपूर्ण विद्यालयका शिक्षक, विद्यार्थी, सुरक्षाकर्मि लगायतको उपस्थिती रहेको थियो । गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्ग बहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका निमित्त प्रधानाअध्यापक वाइवि जि.एमले गरेका थिए ।

उद्घाटन कार्यक्रममा ४१ ओटा विद्यालयबाट सहभागी विद्यार्थिले मार्चपास गरेका थिए भने विभिन्न सास्कृतिक प्रस्तुति पस्केका थिए । यस्तै आमा समूह र लहरे समुहले पनि विभिन्न झाकीहरु प्रतुत गरेका थिए ।

४१ विद्यालय मध्य रनिङ शिल्ड प्रतियोगितामा १० वटा मावी र केही आधारभुत विद्यालय सहभागी हुनेछ्न । एथलेटिक्स र भलिबल खेल विहिबार बिहान ८ बजे देखि सुरु हुने शिक्षा शाखा प्रमुख अंग बहादुर वलीले जानकारी दिए । कार्यक्रम ५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

हेर्नुस तस्बिर

 

 

११ पुष २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको