सल्यान छत्रेश्वरीमा मर्यादित महिनावारी प्रवद्र्धनका लागि स्यानेटरी प्याड बनाउने तालिम सुरु


मंसिर, ११ सल्यान । मर्यादित महिनावारी र स्यानेटरी प्याड निर्माण सम्बन्धी तालिम सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ ।

महिनावारी सम्बन्धी संकुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रर्बद्धन गर्नका लागि दुई दिने तालिमको आयोजना गरिएको हो । छत्रेश्वरी गाउँपालिका, वास ईकाइको आयोजनामा सोमबारदेखि सुरु भएको तालिममा महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका छात्रा, महिला शिक्षक, धामी, झाँक्री तथा पुजारीहरुको पनि सहभागिता रहेको छ ।

तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, स्वास्थ्य संयोजक केशरीदेवी भट्टराई, वास सम्पर्क व्यक्ति मिलन कुमार वली लगायतको सहभागिता थियो । महिनावारी प्राकृतिक कुरा भएको र यसका बारे सचेतना फैलाउन आवश्यक रहेकाले धामी तथा पुजारीहरुलाई पनि तालिममा सहभागि बनाइएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । घरेलु प्याड निर्माण तालिम संगै मर्यादिन महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखिकरण गरिने उनले जनाए ।

वास संयोजक निमराज केसी र पुस्पा केसीले तालिममा प्रशिक्षण तथा अभिमुखिकरण गरिरहेका छन् । छत्रेश्वरी गाउँपालिका र सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत मर्यादित महिनावारी प्रवद्र्धन एवम् महिनावारी स्वच्छता सुधारका लागि तालिमको आयोजना गरिएको गाउँपालिकाका वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।

सरसफाइ तथा स्वच्छता सामग्री प्रदर्शन

यसैविच छत्रेश्वरीमा सरसफाइ तथा स्वच्छता सामग्री प्रदर्शन गरिएको छ । छत्रेश्वरी–६ लान्तीमा भएको कार्यक्रममा कम पानी चाहिने सुधारिएको सौचालय निर्माणका लागि नया स्याटोका उत्पादित सामग्रीहरुको प्रदर्शन गरिएको हो ।

अशक्त, अपांगता भएका, बालबालिका, जेष्ठ नागरिक लगायतका प्रयोगकर्तामैत्री सुधारिएको सौचालय निर्मान गर्न जरुरी रहेको भन्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सरसफाइ र स्वच्छता अभियानलाइ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताए ।

सुस्वा आयोजनाका सरसफाइ बिज्ञ गोविन्द रोकायले स्याटो उत्पादनका नया सामग्रीहरुः आइ ट्रयाप, स्टुल, स्याटो प्यान, स्याटो हात धुने स्थान र एडप्टरको प्रदर्शन संगै, यी सामग्रीका विशेषता र प्रगोग गर्ने तरिकाको बारे जानकारी गराएका थिए । उनले स्याटोका सबै सामग्रीहरु उच्च गुणस्तरको पोलिप्रोपिलिन प्लास्टिकबाट बनाइएको हुने बताएका छन् ।

११ मंसिर २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको