तुलसीपुर सिटी हस्पिटलमा पाठेघरमा पलाएको मासुको दुरविन विधिबाट अप्रेसन सुरु


असार १२, दाङ । तुलसीपुर सिटी हस्पिटलले पाठेघरमा पलाएको मासुको दुरविन विधिद्धारा अप्रेसन सुरु गरेको छ ।

तुलसीपुर क्षेत्रमा महिलाको पाठे घरमा पलाएको मासु (सिष्ट) को दुरविन विधिबाट अप्रेसन सुरु भएको यो नै पहिलो पटक हो । यसअघि सम्म पाठेघरमा मासु पलाएका पीडित विरामी तुलसीपुर भन्दा बाहिर उपचारका लागि जानु पर्ने बाध्यता थियो ।

तुलसीपुर सिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत ऋषि चौधरीले गत शनिबार बेलुकी बबइ गाउँपालिका – ४ की ४४ बर्षीया डिल्लीकुमारी खड्काको पाठे घरमा पलाएको मासुको दुरविन विधिबाट सफल अप्रेसन गरिएको जानकारी दिए ।

त्यस्तै आइतबार शान्तिनगर – ५ की १९ बर्षीया बालिका खड्काको दुरविन बिधिबाट अप्रेसन भएको चौधरीले बताए । सोमबार बेलुकापनि अर्की एक जना महिलाको सोही बिधिबाटै पाठेघरमा पलाएको मासुको उपचार गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालका सर्जन डा. स्त्रीरोग बिशेषज्ञ शेखर थापा नेतृत्वको टिमले तुलसीपुर क्षेत्रमा पहिलो पटक दुरविन बिधिबाट पाठे घरमा पलाएको मासुको अप्रेसन सुरु गरेको हो । डा. सोमनाथ भण्डारी र एनेस्थेलियोजिष्ट डा. अंजित खत्रीसहितको टिम अप्रेसनमा संलग्न रहेको थियो ।

तुलसीपुरमै पाठेघरमा पलाएको मासुको अत्याधुनिक प्रबिधि मानिने दुरविन बिधिबाट अप्रेसन सुरु भएपछि तुलसीपुर र पश्चिम दाङबासीका साथै रोल्पा, सल्यान तथा रुकुका त्यस्ता बिरामीले उपचार सेवा लिन सक्ने अपेक्षा गरिएको छ ।

१२ असार २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको