टंकी कुमारी वलीको स्मृतिमा बिरुवा रोपियो


चैत्र १३, काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चुडामणी वली ‘आदर्श सी’कि आमा टंकी कुमारी वलीको स्मृतिमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । आज सोमबार ललितपुर जिल्ला गोदावरी नगरपालिका १० न्यौपाने गाउँ आफ्नै निवासमा ‘टंकी कुमारी वली स्मृति बृक्षारोपन कार्यक्रम’ सम्पन्न भएको हो ।

बृक्षारोपन कार्यक्रमको आयोजना नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले गरेको थियो । उक्त कार्यक्रमको संचालन केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज
विपिन सीले गरेका थिए ।

कार्यक्रममा समक्षिप्त कुरा राख्दै आदर्श सीले भने ‘आफ्ना छोराछोरीलाई अन्तिम अवस्थामा पनि क्रान्ति गर्न रोक्नु भएन, आमाको क्रान्ति प्रतिको त्यागलाई हामी सबैले सम्मान गर्नुपर्छ ।’ उनले थपे ‘कान्छो भाइ खकेन्द्र प्रकाश वली “शिव” २०५८ साल मंसिर २४ गते सल्यान कपुरकोटको रिपिटर टावर आक्रमण गर्दा शाहदत भयो, तत्कालिन समयमा पनि हामीले घर परिवारको सहमतिमा परम्परागत काजक्रियालाई तोडेर माओबादी पार्टीले अंगालेको प्रगतिशील तरिकाले नै शोकसभा कार्यक्रम गरेका थियौ, आज आमाको मृत्युपछि पनि नेकपाले सिर्जना गरेको सी जातिको नयाँ संस्कार  अनुसार आमाको ५ दिने कार्यक्रम गरिरहेका छौ । आज बृक्षारोपन गरेउ, भोलि अक्षयकोष स्थापना गर्नेछौ र अन्तिम दिन शोकसभा कार्यक्रम हुनेछ ।’

आजको बृक्षारोपन कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य आस्था सी, आधार सी, बन्धु सी, आजाद सी, केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सी, भक्तपुर जिल्ला सदस्य धुर्ब सी, नेकपाका ललितपुर जिल्ला सेक्रेटरी विकास सी, नेवा मुक्तिमोर्चाका ललितपुर जिल्ला सयोजक, विकेश सी, ललितपुरको महालक्ष्मी नगर सेक्रेटरी अमित सी, लगायत नेता तथा कार्यकर्ता र स्थानियको सहभागिता रहेको थियो ।

बृक्षारोपन कार्यक्रममा आमाका श्रीमान, छोराछोरी नाति-नतिना आफन्तजन लगायतले बृक्षारोपन गरेका थिए । बृक्षारोपनमा श्रीमान र छोराहरुले रुद्राक्षको बिरुवा रोपेका थिए भने छोरी, बुहारी नातिनातिनाहरुले फुलको बिरुवा रोपेका थिए । यसैगरी पार्टीको तर्फबाट नेता तथा कार्यकर्ताले म्याग्डोनानट फलको बिरुवा रोपेका थिए ।

सी जातिको सस्कृती अनुसार नै दोस्रो दिनको कार्यक्रम अन्तर्गत आज बृक्षा रोपन कार्यक्रम गरिएको हो ।

फोटो फिचर 

१३ चैत्र २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको